Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


राजश्व अनुसन्धान विभाग आवश्यक नभएकाे अर्थमन्त्री खनालकाे तर्क


1.4k
Shares

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजश्व अनुसन्धान विभाग आवश्यक नरहेको बताउनुभएकाे छ।

काठमाडौंमा आइतबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएकाे हाे। मन्त्री खनालले अमेरिका लगायतका मुलुकहरूको दृष्टान्त दिंदै राजश्व सम्बन्धी केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धी विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पार्नुभयाे।

उहाँले वर्तमान सरकारसँग काम गर्ने समय करिब साढे ३ महिना मात्रै भएको उल्लेख गर्दै त्यसबीचमा आफूले अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणालीको विकासमा आफू केन्द्रित हुने समेत बताउनुभयाे।अर्थमन्त्री खनालले आपसी विश्वासमा आधारित प्रणालीको विकास गरेर मात्रै मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिने बताउनुभएकाे छ।

सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्ने नीति लिएको समेत मन्त्री खनालले बताउनुभयाे।