Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


सुशीला कार्की नेतृत्वको सरकार विघटन हुनुपर्छ : महेश बस्नेत


871
Shares

यसोदा राउत
सिन्धुली । सिन्धुलीले जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा आयोजना गरेको बृहत र्यालीमा नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकार विघटन हुनुपर्ने बताएका छन्।

उक्त कार्यक्रमा सम्बोधन गर्दै नेता बस्नेतले जेनजीले उठाएको माग सम्बोधन गर्न संसद पुनस्थापना गरेर निर्वाचनमा जानु पर्ने बताउँदै शुशिला कार्की नेतृत्वको सरकार विघटन हुनुपर्ने बताएका हुन् ।

यस्तै उनले भाद्र २३ र २४ गतेको जेनजीको आन्दोलनमा भएको आगजनी र विध्वम्स आतंकवादी हमला भएको बताएका छन् । उनले एमालेको आगामी महाधिवेशनबाट केपी ओली नै अध्यक्ष हुने ठोकुवा गरेका छन् ।

नेकपा एमालेले आज देशका सबै जिल्ला सदरमुकामहरुमा संसद पुनस्थापना र संविधान रक्षाको माग गर्दै विरोध कार्यक्रमको आयोजना गरेको छ ।