बिराज रोस्यारा (इमेज)
कैलाली, असोज ६ । आगामी कात्तिक २७ गतेदेखि धनगढीमा सन्चालन हुने ‘निस्ट लिटिल फ्लावर प्रिमियर लिग–२०७५’ ट्वेन्टी–२० क्रिकेटको तयारी सुरु भएको छ ।
तेस्रो संस्करणको प्रतियोगिताको तयारी थालिएको शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
संघीय प्रहरी कार्यालय प्रदेश नम्बर–७ को खेलमैदानमा हुने प्रतियोगितामा देशभरका १६ ओटा विद्यालयले भाग लिने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए ।
प्रतियोगितामा सम्बन्धित विद्यालयका विद्यार्थी खेलाडीबाहेक पाँचजनासम्म बाहिरबाट १९ वर्षमुनिका खेलाडी पनि राख्न पाइने जनाइएको छ ।
प्रतियोगिताको विजेता टिमले एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५५५ रुपैयाँ पाउनेछ ।
प्रतियोगिताका एक उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र एक उदयमान खेलाडीलाई पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्