Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


एमालेले आज ७७ वटै जिल्लामा जनसभा गर्दै


650
Shares

काठमाडाैं ।

प्रतिगामी षडयन्त्रविरुद्धको जनपरिचालन कार्यक्रमअन्तर्गत नेकपा (एमाले)ले आज देशका सबै ७७ जिल्लामा जनसभा गर्दैछ।

सदरमुकाम तथा ठूला शहरमा हुने जनसभालाई पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्। सबै केन्द्रीय सदस्य जिल्लामा खटाइएको एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

जनसभामा संसद् पुनःस्थापना गर्ने, गत भदौ २३–२४ का जेनजी प्रदर्शनका क्रममा भएका अपराधिक घटनाको छानबिन, तथा आन्दोलनका समयमा तोडफोड–लुटपाटमा संलग्नहरूलाई कारबाही लगाएतकाे मुद्दा उठाउने जनाएको छ ।

महासचिव शंकर पोखरेल नेपालगञ्जमा, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीमा, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङमा, सचिव छविलाल विश्वकर्मा रुपन्देहीमा र सचिव पद्मा अर्याल बिर्तामोडमा सम्बोधन गर्ने कार्यक्रम छ।

जनपरिचालन अभियानअन्तर्गत एमालेले मंसिर ६ गते काठमाडौंमा केन्द्रीय जनसभा गर्ने तयारी गरेको छ।