Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


साँस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरूद्धकाे अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइयो


65
Shares

काठमाडाैं । विश्वभर साँस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धकाे अन्तर्राष्ट्रिय दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरेर मनाइएको छ।

सन् २०२० मा युनेस्कोको ४० औं महासभाले साेही दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो। नेपालमा पनि पुरातत्व विभाग, संस्कृति मन्त्रालय र विभिन्न सङ्ग्रहालयहरूले संयुक्त रूपमा यो दिवस मनाएका छन् । पुरातत्वविद् तथा विज्ञहरूले नेपालबाट अवैध रूपमा बाहिरिएका मूर्ति, कलाकृति र पुरातात्विक सामग्री फिर्ता ल्याउने प्रयासलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौं, ललितपुर, भक्तपुर र पोखरा लगायतका विभिन्न स्थानमा पनि सचेतनामूलक प्रदर्शनी, गोष्ठी र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । साँस्कृतिक सम्पदा जोगाउन सबै नागरिक सचेत हुनुपर्ने सन्देशसहित साेही दिवस सम्पन्न भएको छ।