Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


जनकपुरमा मुख्यमन्त्री यादव नियुक्तिको विरोधमा आज पनि प्रदर्शन


273
Shares

जनकपुरधाम। मधेश प्रदेशमा नेकपा एमाले बाहेकका राजनीतिक दलहरुले बिहीबार पनि मुख्यमन्त्री सराेजकुमार यादव नियुक्तिको विरोधमा जनकपुरधाममा मोटरसाइकल र्याली निकालेका छन् ।

प्रदेश भवनको प्रवेशद्वारबाट निकालिएको मोटरसाइकल र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको हाे । प्रदेश सरकार गठन प्रक्रिया नै अवैधानिक रहेको भन्दै उनीहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन्। साेही र्यालीमा एमाले बाहेकका मधेश प्रदेशका पूर्वमन्त्रीहरु र प्रदेश सभाका सदस्यहरु सहभागी भएका थिए ।

यस अघि मधेश भवनको मुख्य प्रवेश मार्गमा नै ७ दलको तर्फबाट धर्ना समेत दिइएको थियो।