जनकपुरधाम। मधेश प्रदेशमा नेकपा एमाले बाहेकका राजनीतिक दलहरुले बिहीबार पनि मुख्यमन्त्री सराेजकुमार यादव नियुक्तिको विरोधमा जनकपुरधाममा मोटरसाइकल र्याली निकालेका छन् ।
प्रदेश भवनको प्रवेशद्वारबाट निकालिएको मोटरसाइकल र्यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको हाे । प्रदेश सरकार गठन प्रक्रिया नै अवैधानिक रहेको भन्दै उनीहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन्। साेही र्यालीमा एमाले बाहेकका मधेश प्रदेशका पूर्वमन्त्रीहरु र प्रदेश सभाका सदस्यहरु सहभागी भएका थिए ।
यस अघि मधेश भवनको मुख्य प्रवेश मार्गमा नै ७ दलको तर्फबाट धर्ना समेत दिइएको थियो।




प्रतिक्रिया दिनुहोस्