Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न प्रदान


260
Shares

कठमाडाैं । नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उहाँलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएकाे हाे ।

केही बेरमा उनी नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालस्थित प्रहरी महानिरीक्षकको कार्यकक्षमा पदबहाली गर्नुभएकाे छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

३२ औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे अवधि पूरा गरी अनिवार्य अवकाश हुनुभएकाे छ । नवनियुक्त महानिरीक्षक कार्कीको कार्यकाल २०८४ चैत १८ सम्म छ ।