काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार दोहोरो अंकले घटेको छ।
नेप्से २० दशमलव ५६ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ५९ बिन्दुमा झरेको हो। बजारमा ४९ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९८ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य भने स्थिर छ। ३ सय २१ कम्पनीको ८४ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको हाे । जसमध्ये सबै भन्दा बढी एनआरएन इन्फ्राइस्ट्रक्चर ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, राधी विद्युत कम्पनीको २२ करोड, साहस ऊर्जाको १४ करोड, युनियन हाइड्रोपावरको १३ करोड र शिवम् सिमेन्टको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे। भुगोल इनर्जी र सागर डिस्टीलरीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यसैगरी बुंगल हाइड्रो र बन्दीपुर केबलकारको सेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको हाे।
कारोबारमा उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ० दशमलव २३ प्रतिशतले बढेको हाे। व्यापार समूह सर्वाधिक २ दशमलव ३५ प्रतिशत र अन्य समूह १ दशमलव ३३ प्रतिशत घटेका छन् । बाँकी समूहको गिरावट भने एक प्रतिशत भन्दा कम रहेकाे नेप्सेले जनाएकाे हाे।




प्रतिक्रिया दिनुहोस्