Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक र सामाजिक रूपान्तरणको यात्रालाई सशक्त बनाउने संयाजक रावलकाे दावी


117
Shares

काठमाडाैं । मातृभूमि जागरण अभियान नेपालका संयोजक डा. भीम रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउन जरुरी रहेको बताउनुभएको छ।
काठमाडाैंमा बुधबार नेपाली कम्युनिष्ट पार्टीसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले विगतमा नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरु र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएको आरोप लगाउनुभयो। नेपाली कम्युनिष्ट पार्टीलाई राजनीतिक र सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने अभियानका रुपमा अघि बढाउनुपर्नेमा उहाँकाे जाेड छ।

उहाँले भन्नुभयो,-‘जुन बेला नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरु र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएर गह्रौं मन लिएर यहि ठाउँबाट छुटिएर गइएको थियो । फर्किएर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत समाहित आएका छाैं । हामीले एउटा बलियो राष्ट्रिय शक्ति निर्माण गरेर हाम्रो राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने अभियानका साथ हामी लाग्नुपर्छ । आगामी दिनमा हामी सकारात्मक, भावनात्मक एकता र संकल्पका साथ आफ्नो लक्ष्यमा पुगि छोड्नेछौं भन्ने विश्वस छ।’

संयाेजक रावलले आगामी दिनमा सकारात्मक, भावनात्मक एकता र संकल्पका साथ आफ्नो लक्ष्यमा पुग्ने दावी गर्नुभयो।