एजेन्सी । टर्कीको एउटा सैनिक मालवाहक विमान अजरबैजानको सिमाना नजिकै क दुर्घटना भएको छ ।
अजरबैजानबाट टर्कीका लागि उडान गरिरहेको टर्कीको वायुसेना सि–१३० सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त भएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले मंगलवार जनाएको छ ।
मन्त्रालका अनुसार जर्जियाली अधिकारीहरूसँगको समन्वयमा खोज र उद्धार कार्य शुरु गरिएको उल्लेख गरेको छ ।
दुर्घटनाको कारण अझै खुलाइएको छैन । विमानमा कति चालक दलका सदस्यहरू थिए भन्ने कुरा स्पष्ट थिएन । अमेरिकी रक्षा कम्पनी लकहिड मार्टिनद्वारा निर्मित सि–१३० सन् १९६४ देखि टर्कीको वायुसेना बेडाको हिस्सा रहेको छ ।
टर्कीले हाल १९ वटा सि–१३०इ र सि–१३०सब हर्कुलस विमान सञ्चालन गर्दछ । अक्टोबरमा, रक्षा मन्त्रालयले आफ्नो हवाई लिफ्ट क्षमतालाई आधुनिकीकरण गर्ने लक्ष्य राख्दै बेलायतबाट १२ वटा थप सि–१३० जे सुपर हर्कुलस सैन्य यातायात विमान प्राप्त गर्ने योजना घोषणा ग¥यो ।




प्रतिक्रिया दिनुहोस्