Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


मधेशका मुख्यमन्त्री यादवलाई होटलमा शपथ ग्रहण गराउनु संघीयतामाथिको प्रहार: नेता पौडेल


351
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई होटलमा पद तथा गाेपनीयताकाे शपथग्रहण गराएको घटनालाई संघीयतामाथिको प्रहारका रूपमा टिप्पणी गर्नुभएको छ।

पार्टी कार्यालय सानेपामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले यस्तो टिप्पणी गर्नुभएको हो। उहाँले राज्य संरचना प्रचलित राज्यप्रणाली अनुसार नै सञ्चालन हुनुपर्ने बताउँदै तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पदीय मार्यादा र पद्धति पालना नगरेको आरोप पनि लगाउनुभयो। मधेश प्रदेशमा पदीय मर्यादाविपरीत कार्य भएको दावी गर्दै प्रदेश प्रमुखको आचरणले संघीय अभ्यासमाथि नै प्रश्न उठाएको टिप्पणी समेत उहाँले गर्नुभएकाे छ।

तत्कालीन प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्री यादवको बर्दिवासस्थित एक होटलमा शपथग्रहण गराउनुभएको थियो । पदीय मर्यादा कायम गर्न नसकेको भन्दै प्रमुख भण्डारीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले पदमुक्त गरिसक्नुभएको छ।