काठमाडाैं । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रियाविरुद्ध नेपाली कांग्रेससहित ७ राजनीतिक दलका सांसदहरूले मंगलबार विरोध प्रदर्शन शुरु गरेका छन्।
कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितका ७ राजनीतिक दलका सांसदहरूले प्रदेश सभा भवन अगाडि धर्ना दिएका हुन् । ७ राजनीतिक दलहरुले धर्ना प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति प्रक्रियालाई असंवैधानिक ठहराउँदै गरेका हुन् ।
धर्नामा सहभागी सांसदहरूले प्रदेश सरकार गठनको प्रक्रिया संविधानको धारा १६८ को उपधारा ३ विपरीत भएको दावी गर्दै आएका छन् । उनीहरूले एमालेको नेतृत्वमा बनेको यो सरकारलाई अवैध सरकार भनेका छन् । धर्ना स्थलमा सांसदहरूले नारा लगाउँदै सरकारविरुद्ध तीव्र नाराबाजी गरेका छन् । यसैबीच, विरोधी दलहरूले कानूनी बाटोबाट पनि यो मुद्दालाई अगाडि बढाएका छन् ।
नेकपा एमाले बाहेकका दलहरूका ७४ जना प्रदेश सांसदहरूको हस्ताक्षरसहित सर्वोच्च अदालतमा साेमबार रिट निवेदन दर्ता गरिएको छ।




प्रतिक्रिया दिनुहोस्