Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


एकीकृत समाजवादीकी नेतृ झाँक्री र नेता श्रेष्ठसहितका नेता पुरानाे घर एमालेमा फर्किए


1.1k
Shares

काठमाडाैं । विघटित नेकपा एकीकृत समाजवादीपार्टीकी नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ लगायतका नेताहरु पुरानाे घर नेकपा एमालेमा फर्किएका छन्।

एमालेले साेमबार आयोजना गरेको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभामार्फत नेतृ झाँक्री र नेता श्रेष्ठ लगायतका नेताहरु एमालेमा फर्किएका हुन् । २०७८ सालमा एमाले विभाजन हुँदा उनीहरु नेकपा एकीकृत समाजवादीतिर लागेका थिए। यहि कात्तिक १९ गते एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रलगायतका पार्टीहरुसँग एकतामा जाँदा उनीहरुले विरोध गरेका थिए।

घर फर्क अभियान घोषणा सभामा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको चुनाव चिन्ह सूर्य र उनीहरुले कलम चिन्ह अध्यक्ष ओलीलाई प्रदान गरेका थिए ।