Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहबीच भीषण झडप हुँदा २०० जनाको मृत्यु


897
Shares

एजेन्सी। उत्तरपूर्वी नाइजेरियामा प्रतिद्वन्द्वी जिहादी समूहहरूबीच भीषण झडपमा हुँदा करिब २ सय जनाको मृत्यु भएकाे छ।

अशान्त लेक चाड क्षेत्रमा भएको उक्त रक्तपातपूर्ण संघर्षकाे बारेमा गुप्तचर निकाय, स्थानीय मिलिसिया र जिहादी स्रोतहरूले सोमबार एएफपीलाई जानकारी दिएका हुन् । बोको हराम र इस्लामिक स्टेट वेस्ट अफ्रिका (आईएसडब्लूएपी) बीच चाड तालको किनारमा अवस्थित डोगोन चिकु क्षेत्रमा आइतबारदेखि भीषण युद्ध शुरु भएको थियो। दुवै समूहबीच वैचारिक विभाजनका कारण लामो समयदेखि तनाव रहँदै आएको भए पनि यसपटक क्षेत्रीय नियन्त्रणका लागि लडाइँ चरममा पुगेको जनाइएकाे छ।

नाइजेरियाली सेनालाई सहयोग गर्ने जिहादीविरोधी मिलिसियाका सदस्य बाबाकुरा कोलाले हामीले प्राप्त गरेको विवरण अनुसार लडाइँमा करिब २ सय जना बोको हरामका लडाकूकाे मृत्यु भएकाे बताएका छन्। उनीहरूको ठूलो मात्रामा हतियार समेत जफत गरिएकाे उनकाे भनाइ छ।