Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना


169
Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ।

सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय एआई केन्द्रको उद्घाटन गर्नुभएकाे हाे। सोही क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट शुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालको लागि एआई क्षेत्रका लागि ठूलो फड्को हुने बताउनुभयाे।

एआई काउन्सिल गठन भएको र एआई नीति आइसकेको अवस्थामा अव नेपाललाई डिजिटल युगको बाटोमा अघि बढेको उहाँकाे भनाइ छ। मन्त्री खरेलले जनेजी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टाचारमुक्त देश र रोजगारी लगायतका विषयलाई एआईले समेट्ने समेत दावी गर्नुभयाे।