Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


सिन्धुलीको एक होटलमा रातारात मुख्यमन्त्री सरोज यादवको शपथ


7.5k
Shares

काठमाडौँ । मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई सिन्धुलीस्थित एक होटलमा मुख्यमन्त्री पदको शपथ खुवाउनुभएकाे छ ।

संविधानको धारा १६८(३)बमोजिम प्रदेशसभाको ठुलो दलको हैसियतमा यादव नयाँ मुख्यमन्त्री बन्नुभएकाे हाे ।

शपथपछि यादवले जनकपुरमा विरोध प्रदर्शनका कारण सिन्धुलीमा कार्यक्रम गरिएको बताउनुभयाे । विश्वासको मत नपाएपछि केही दिनअघि जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे । सोनलले सामाजिक सञ्जालमार्फत प्रदेश प्रमुख भण्डारीले स्वास्थ्य उपचारको नाममा निस्किएर जनतासँग धोका दिएको आरोप लगाउनुभएकाे छ ।