Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


फिलिपिन्समा शक्तिशाली समुद्री आँधीसँगै राष्ट्रव्यापी रूपमा आपत्काल घोषणा

१० औं लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण

1.1k
Shares

एजेन्सी । फिलिपिन्स सरकारले शक्तिशाली समुद्री आँधीका कारण राष्ट्रव्यापी आपत्कालीन अवस्था घोषणा गरेको छ।

आइतबार साँझसम्म आँधी प्रवेश गर्ने अनुमानसँगै १० औं लाख मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले मानिसहरूलाई सुरक्षित रहन आग्रह गर्नुभएको छ। मौसम विभागले आइतबार ‘फुङ–वङ’ कोे आँधी देशको उत्तरपूर्वी तटसम्म आइपुगेको जनाएको हाे। आँधीले सेबु, अरोरा, इसाबेला र राजधानी मनिला लगायत देशका धेरै भागहरूमा विनाश निम्त्याउन सक्ने चेतावनी जारी गरिएको छ।

प्रतिघण्टा १ सय ८५ किलोमिटरको वेगमा अगाडि बढिरहेको आँधीले १६ सय किलोमिटरको दायरामा पार्न सक्ने अनुमान गरिएको छ। जसले दक्षिणपूर्वी एसियाको दुई तिहाइ भागलाई असर गर्ने आंकलन गरिएको छ । केही दिनअधि मात्र २ सय बढीको मृत्यु हुनेगरि आएको आँधीको प्रकोप सकिन नपाउदै फेरि यस वर्षको सबै भन्दा शक्तिशाली आँधी मध्ये एक मानिएको आँधीले आपत पार्ने देखिएको छ।

फिलिपिन्स विश्वको सबै भन्दा बढी प्राकृतिक प्रकोप आउने देशमध्ये एक मानिंदै आएको छ।