Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


धनगढी उपमहानगरमा सर्प उद्धार कार्यक्रम प्रभावकारी बन्दै (भिडियाे रिपाेर्ट)

स्थानीयवासीमा सर्पकाे त्रास अन्त्य

325
Shares

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिकाले २ वर्ष ३ महिनाको अवधिमा ३ हजार बढी सर्पको उद्धार गरेको छ।

उपमहानगरले २०७९ सालकाे असार महिनादेखि शुरु गरेको सर्प उद्धार कार्यक्रम अन्तर्गत हालसम्म विभिन्न प्रजातिका ३ हजार ८५ सर्पको उद्धार गरी वनजंगल आसपासको सुरक्षित ठाउँमा छाडिएको हो । समयमै सर्पको उद्धार हुन थालेपछि त्रसित बन्नुपर्ने वातावरण हटेकाे छ।

धनगढी उपमहानगरले तराई क्षेत्रमा वैशाखदेखि असोजसम्म सर्पदंशबाट ज्यान जाने घटना धेरै हुन थालेपछि सर्प उद्धार कार्यक्रम शुरु गरेको हो । सर्प उद्धार सम्बन्धी तालिम प्राप्त उपमहानगरका प्रहरी कर्मचारीले घरभित्र पसेकाे र सार्वजनिक स्थानमा देखापर्ने सर्पको उद्धार गरी सुरक्षित ठाउँमा छाड्ने गरिएको हो। गर्मीयाम शुरुवातसँगै सर्पको बिगबिगी हुने गरेको तराई क्षेत्रमा उपमहानगर प्रहरीलाई जानकारी प्राप्त हुने बित्तिकै नगरवासीको घर र सार्वजनिक ठाउँमा उद्धार टोली खटिने गरेको छ।

उद्धार गरिएका सर्पलाई वन कार्र्यालयका कर्मचारीको रोहवरमा बस्ती भन्दा करिब ५ किलोमिटर टाढा वन क्षेत्र आसपास सुरक्षित हुने गरी छाड्ने गरिएको उपमहनगरका विपद शाखा प्रमुख दीपक भण्डारीले बताउनुभयो । विषालु सर्पको टोकाइबाट नगरबासीलाई जोगाउने र घरभित्र सर्प पसेर उत्पन्न हुने त्रासको वातावरण अन्त्यका लागि नगर क्षेत्रमा जुनसुकै समयमा पनि देखापर्ने सर्पलाई तत्का उद्धार गर्ने गरिएको छ ।

तराई क्षेत्रमा गर्मी र बर्खाको सिजनमा घरभित्रै बस्ने सर्पको त्रास हुने गरेको छ। उपमहानगरपालिकाको टोलीले उद्धार गर्न थालेपछि सर्पका कारण स्थानीय त्रसित बन्नुपर्ने वातावरण हटेको हाे। त्यस्तै, घरमा विषालु सर्प देखिएपछि बाल-बच्चा बोकेर छरछिमेकमा हारगुहार गर्न पुग्नुपर्ने अवस्थाको पनि अन्त्य भएको स्थानीय श्रीजना परीयारले बताउनुभयाे।

उद्धारमा खटिने तालिम प्राप्त नगर प्रहरीहरुका अनुसार अहिलेसम्म उद्धार गरिएका गोमन, करेत, भाइपर जस्ता विषालु, धामन र पानी सर्प लगायत प्रजातिको संख्या बढी छ। त्यस्तै, कमन कोब्रा, बल्याक कोब्रा, करेत, भाइपर, किंग कोब्रा र अजिंगरको उद्धार गरको छ।

उद्धार गरिएका सर्पलाई वन कार्यालय कर्मचारीको रोहवरमा वन क्षेत्रमा छाेड्ने गरिएको छ।