Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


स्वकीय सचिव एवं पूर्वपदाधिकारीकाे सुविधा फिर्ता गर्न सरकार पक्षबाट ताकेता: महासचिव पाण्डेय

संसद सचिवालयले सुविधा प्रदान गर्नेमा पाण्डेय सकरात्मक

832
Shares

काठमाडाैं । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले अर्थमन्त्रालयले सांसदहरुको स्वकीय सचिव र पूर्वपदाधिकारीहरुको सुविधाहरु फिर्ता गर्न निरन्तर दबाब दिइरहेको बताउनुभएको छ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उहाँले यस्तो गुनासो गर्नुभएको हो । सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको स्वकीय सचिवहरू हटाइएकोले यसले असहज स्थिति सिर्जना गराएको बताउनुभयो । राष्ट्रिय सभाका उपाध्यक्ष र प्रतिनिधि सभाका उपसभामुखलाई समेत यसले असहज बनाएको उहाँको भनाइ छ ।

महासचिव पाण्डेयका अनुसार अर्थ मन्त्रालयले बारम्बार मौखिक रुपमा पूर्वपदाधिकारीहरूले पाएका सुविधा फिर्ता भए वा नभएको विवरण मागिरहेको छ। हाल राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्ष नभएकोले ती दलले पाउने अतिरिक्त सुविद्या कटौती गर्न पनि दबाब आइरहेको उहाँले बताउनुभयाे।

संसद सचिवालयले सुविधाहरु सकेसम्म प्रदान गर्नेमा सकरात्मक रहेको महासचिव पाण्डेयले बताउनु भयो । यद्यपि कतिपय कानूनी वन्धनहरु र सरकारले गरेका निर्णयहरु स्वभाविक रुपमा पालना गर्नुपर्ने भएकोले केही अफ्ठ्यारा परिस्थितिहरु सिर्जना भएको उहाँको भनाइ छ।