Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


जेनजी आन्दोलन: देउवालाई गम्भीर घाइते बनाउने र ओलीलाई सिध्याउने योजना थियाे: महेश बस्नेत

गृहमन्त्री अर्याल जेनजी युवासँग निरीह बनिरहेको टिप्पणी

520
Shares

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याल जेनजी युवाहरुसँग निरीह बनिरहेको टिप्पणी गर्नु भएकाे छ।

काठमाडाैंमा आइतबार एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएकाे हाे। उहाँले आफ्नै अगाडि जेनजी युवाहरुले गृहमन्त्री अर्याललाई फोन गरेर गाली दिने गरेको समेत दावी गर्नुभएकाे छ। उहाँले जेनजी युवाहरू आफूलाई भेट्न अनुहारमा मास्क लगाएर आउने गरेको समेत बताउनुभयाे।

उहाँले भन्नुभयाे,-‘जेनजीहरु आउनुहुन्छ, बडो रमाइलो लाग्छ उहाँहरूको स्टाइल देखेर । कोठाभित्र पनि क्याप, मास्क, लगाएर बस्नुहुन्छ । मास्क खोले हुन्छ नि भन्दा हामी गम्भीर संकटमा छौं भन्नुहुन्छ । यति आतंकित बनाइएको छ बिचराहरूलाई ।’

यस्ता लठ्याङ्ग्रे गृहमन्त्री भएका देशमा सुशासनको आशा कसरी गर्ने भन्दै उहाँले प्रश्न समेत गर्नुभएकाे छ। नेता बस्नेतले जेनजी आन्दोलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गम्भीर घाइते बनाउने र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिध्याउने योजना बनाइएको समेत बताउनुभयाे । ५ मिनेट ढिला भएको भए ओली नजोगिने उहाँको भनाइ छ।

तत्कालीन प्रधानमन्त्री ओलीलाई गुण्डुमा राखिएपछि पनि उनीविरुद्ध आपराधिक योजना बनाइएको नेता बस्नेतले बताउनुभयाे।