काठमाडौँ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गर्नुभएको हो ।
मन्त्री अर्यालकाे सामाजिक सञ्जाल फेसबुकमार्फत गृह मन्त्रालयको प्रकृति नै संवेदनशील हुने भएकाले कतिपय कामकारबाहीबारे बोल्न नमिल्ने अवस्था रहेको बताउनुभएको हाे ।
कतिपय विषयमा मन्त्रालयले ‘के गर्दैछौँ’ र ‘के ग¥यौँ’ समेत भन्न नमिल्ने जटिल अवस्था आउने उल्लेख गर्दै मन्त्री अर्यालले यस अवस्थामा चुपचाप बसेर आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक सरकारसँग अरू कुनै विकल्प नभएको स्पष्ट पार्नुभएको छ । मन्त्रालयको यो संवेदनशीलतालाई बुझेर धैर्यता अपनाइदिन नागरिकहरूलाई मन्त्री अर्यालको आग्रह छ ।
वर्तमान सरकारको प्रमुख अभिभारा सुशासनको बाटो हिँड्नु र देशलाई निर्वाचनमार्फत निकाससम्म डो¥याउनु रहेको उल्लेख गर्दै उहाँले सरकारले यो अभिभारालाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सरकारको कार्यकालको अन्तिममा धैर्यताका निम्ति जनतालाई धन्यवाद दिने उहाँले जानकारी दिनुभएको छ ।
कृहीदिन अघिमात्रै जेनजी अगुवा सुधन गुरुङले मन्त्री अर्यालको कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै धारणा सार्वजनिक गर्नुभएको थियो । गुरुङले मन्त्री अर्यालले जेनजी आन्दोलनको मर्मअनुरुप काम नगरेको भन्दै पदबाट बाहिरीनुपर्नेसमेत बताउनुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्