Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


नेकपा एकीकृत समाजवादी पुनर्गठन, संयोजकमा घनश्याम भुसाल चयन


2.5k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ ।

शनिबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई सर्वसम्मत रूपमा संयोजक बनाएको जानकारी नेता दामोदर अर्यालले दिनुभएको छ । बैठकमा ६७ जना केन्द्रीय सदस्यको सहभागिता रहेको थियो ।

उक्त बैठकमा संयोजक भुसालले ‘वर्तमान अवस्था र हाम्रो दायित्व’ विषयमा सम्बोधन गर्दै पार्टी पुनर्गठनका आवश्यक कदमबारे धारणा राख्नुभएको थियो ।

बैठकले आगामी मङ्सिर महिनामा आयोजना हुने राष्ट्रिय भेलाको तयारीबारे पनि विस्तृत छलफल गरेको छ। यता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू माओवादी केन्द्रसहितका दलहरूसँगको एकता प्रक्रियामा सहभागी भइरहेका बेला भुसाल पक्ष भने सो एकतामा सहभागी नभई पुरानै पार्टी संरचना पुनर्गठनमा जुट्नुभएको छ ।

पार्टीको बहुमत पक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित भइसकेको अवस्थामा भुसाल पक्षले पुनर्गठन अभियान अगाडि बढाइरहेको छ भने रामकुमारी झाँक्री लगायतका केही नेताहरू एमाले प्रवेशको तयारीमा लाग्नुभएकाे छ ।