Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


कार्की नेतृत्वकाे सरकार ढाल्ने राजनीतिक खेल भइरहेकाे छ: सुदन गुरूङ

प्रधानमन्त्री कार्की र जिम्मेवार मन्त्रीको ढाल बनेर उभिएको तर्क

0
Shares

काठमाडौं । हामी नेपालका अगुवा सुदन गुरुङले सुशीला कार्की नेतृत्वकाे सरकार ढाल्ने र आन्दोलन कमजोर पार्न खेल भइरहेको दावी गर्नुभएकाे छ।

गुरुङले शनिबार साँझ सामाजिक सञ्जालमार्फत यस्ताे दावी गर्नुभएकाे हाे। गुरूङले प्रधानमन्त्री कार्की र जिम्मेवार मन्त्रीहरूको आफूहरू ढाल बनेर उभिएको बताउनुभएकाे छ। जो कोही पनि यो समय गलत राजनीतिक खेल खेल्ने र हाम्रो सरकार ढाल्ने एवं यो नाजुक परिस्थितिको फाइदा उठाउने सोचमा रहेकाे उहाँकाे भनाइ थियाे।

गृह मन्त्रालयको कामबाट आफू सन्तुष्ट नभएकाे समेत उहाँले बताउनुभयाे । यो भावना होइन, तथ्यमा आधारित असन्तुष्टि भएकाे समेत उहाँकाे तर्क छ। यो गृहमन्त्री ओम प्रकाश अर्यालको असक्षमता र गैरजवाफदेहिताको आलोचना भएकाे अगुवा गुरुङले बताउनुभयाे ।

अगुवा गुरुङले सामाजिक सञ्जालमा यस्ताे लेख्नुभएकाे छ: