Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


आगामी ६ महिनापछि मात्रै पार्टीकाे पहिलो महाधिवेशन गर्ने रास्वपाकाे निर्णय

महाधिवेशनसम्मै नेतृत्वमा सभापति लामिछानेकाे विकल्प नखोज्ने निष्कर्ष

221
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन भएको ६ महिनापछि मात्रै पहिलो महाधिवेशन गर्ने भएको छ।

शुक्रबार र शनिबार बसेको पार्टीको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन भएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने निर्णय लिएको हो। यसअघि फागुन ७, ८ र ९ गते तोकिएको महाधिवेशन अब चुनावपछि मात्रै गर्नेगरी निर्णय भएको हो। शुरुमा गत वैशाखमा हुनेगरी तोकिएको महाधिवेशन पछि फागुनमा गर्ने निर्णय भएको थियो ।

त्यस्तै, विस्तारित बैठकले सभापति रवि लामिछानेको विकल्पमा अहिले नयाँ नेतृत्व अघि नसार्ने निष्कर्ष पनि निकालेको छ। आगामी महाधिवेशनसम्मैलामिछानेकै नेतृत्वमा अघि बढ्ने बैठकले निष्कर्ष निकालेको हो । शुक्रबारदेखि शुरु भएको रास्वपा बैठक शनिबार सम्पन्न भएकाे छ।