Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्दैनः अध्यक्ष पाण्डे


195
Shares

काठमाडाैं नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म लगानीको वातावरण बन्न कठिन हुने बताउनुभएको छ।

काठमाडौंमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय वृहत आर्थिक बहस २ दशमलव ० मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लगानी बढ्न नसके त्यसको प्रत्यक्ष असर रोजगारीमा पर्ने समेत उहाँले बताउनुभयो । आजको विश्व बजार कुनैपनि लगानीकर्ताको लागि खुला रहेको हुँदा शान्ति सुरक्षाको लागि यो वा त्यो नभनिक संवेदनशील रुपमा लिनुपर्नेमा उहाँकाे भनाइ छ।

मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन र सुरक्षा निवारण-सार्वजनिक क्षेत्रमा पारदर्शीतासँगै स्थिरता हुनुपर्ने उहाँले माग गर्नुभयो । जेनजीले उठाएका विषयहरुको कार्यान्वयनले तीव्रता पाउँछ भन्ने अपेक्षा लिएको पनि बताउनुभयो ।

अध्यक्ष पाण्डेले समयमै लगानीकर्ताको मनोबल बढाउन उचित कदम चाल्न आग्रह गर्नुभयो । आन्दोलनको बहानामा निजी सम्पत्तिमाथि आक्रमण र आगजनी गर्नेमाथि कारबाही गर्न समेत उहाँले माग गर्नुभएकाे छ।