Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलयमा धर्ना


702
Shares

काठमाडाैं । नेपाल स्काउट शुद्धिकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै कार्यलय परिसरमा धर्ना दिएको छ।

समितिले शनिबार कार्यलयमा धर्ना दिएको हो । स्काउटको निर्देशक नियुक्तिको लागि शनिबार सर्टलिस्टमा परेकाहरुलाई अन्तर्वार्ताको लागि बोलाइएको थियो। कार्यालयभित्र अन्तर्वार्ता चलिरहँदा बाहिर समितिले धर्ना दिएको हो । धर्नामा प्रहरीसँग धकलाधकेल समेत भएको थियो । नेपाल स्काउट शुद्धिकरण समितको संयोजक देवदुत अधिकारीले निर्देशक पदको लागि गरिएको भ्याकेन्सी आह्वान नै गलत भएको बताउनुभयो।

बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर्देशकको लागि भ्याकेन्सी आह्वान गरिएको संयोजक अधिकारीको भनाइ छ । उहाँले प्रमुख आयुक्तको विषयमा समेत अदालतमा मुद्दा विचराधिन रहेको अवस्थामा निर्देशक नियुक्त गर्न नमिल्ने बताउनुभयो । निर्वाचित भएको प्रमुख आयुक्तलाई निःवर्तमान युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निलम्वन गरेर चौधरीको नाईटेङ्गल स्कुलमा स्काउट पढाउने शिक्षक देवराज घिमिरेलाई टिका लगाएर आयुक्त बनाएको उहाँको आरोप छ

। संयोजक अधिकारीले स्काउटभित्र भएका विकृति, विसंगति र भ्रष्टाचारलाई अन्त्य गर्नको छानविन समितिले बनाएको प्रतिवेदन सार्वजानिक गर्नुपर्ने बताउनुभयो । प्रतिवेदनको आधारमा दोषीलाई कारबाही गर्नुपर्ने उहाँको माग छ।