एजेन्सी । रुसको दक्षिणी दागेस्तान क्षेत्रमा शुक्रबार एक निजी हेलिकाेप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
साेही दुर्घटना परी अन्य दुई जना घाइते भएका हुन् । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ । स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेकाे रअर्कोकाे भने मध्यम रहेकाे छ।
दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकाेप्टरमा सात जना सवार रहेको पुष्टि गरेका छन् । सम्बन्धित अधिकारीहरूले दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको उल्लेख गरेका हुन् । अधिकारीहरूले रिपोर्ट गरे कि का–२२६ हेलिकाेप्टर ठोक्किँदा आगलागी भएको थियो । पूर्णरूपमा ध्वस्त भएको थियो । क्षेत्रीय आपतकालीन सेवाहरूले उडानको इन्जिनमा आगो लागेको कारण दुर्घटनाको प्राथमिक कारण मानिएको छ।
दागेस्तानका लागि रूसी आपत्कालीन मन्त्रालयको मुख्य निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै किज्ल्यारबाट इज्बरबाश जाँदै गरेको निजी हेलिकाेप्टर बसोबास नभएको घरमा ठोक्किएको जनाएकाे हाे।




प्रतिक्रिया दिनुहोस्