काठमाडाैं ।
नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित बुद्धिजीविहरुसँगको भेलामा बोल्दै उहाँले राष्ट्रपति पौडेलले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेकाले पुनःस्थापना पनि उहाँ आफैले गर्नुपर्ने तर्क गर्नुभएको हो । अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापना अदालत गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गर्नुभयो ।
उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकीर गर्दै त्यसको पक्षमा आम नेपाली जनता उभिनुपर्ने समेत बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनःस्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ । र प्रतिनिधि सभा पुनस्थापनाको मागलाई तिब्र बनाउनुपर्दछ । जसले विघटन गर्छ, त्यसले पुनस्थापना गर्छ ।
कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ । असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनस्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? पुनःस्थापना गर्नुप¥यो नि । विघटन गर्ने राष्ट्रपतिले पुनस्थापना गर्नु प¥यो । यस कुरामा हामी लेख्नसक्नु पर्दछ । बोल्न सक्नुपर्दछ । सत्यको पक्षमा उभिन सक्नुपर्दछ ।’
अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा उत्रन पनि सबैलाई आह्वान गर्नुभयो । उहाँले वर्तमान सरकार असंवैधानिक भएकाले यसको कुनै हैसियत नभएको पनि दोहो¥याउनु भयो । –न्युज एजेन्सी नेपाल




प्रतिक्रिया दिनुहोस्