Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


पत्रकारिताका कारण हिल्टन होटल जल्योः चलचित्र बोर्ड अध्यक्ष दाहाल


2.9k
Shares

काठमाडौं ।

नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले जेन–जी आन्दोलनका कारण हिल्टल होटल जल्नुको मुख्य कारण पत्रकारिता भएको ठोकुवा गर्नुभएको छ ।

आज राजधानीमा चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा उहाँले पत्रकारीताका कारणले नै हिल्टन होटल जलेको बताउँदै पत्रकारहरु संयमित हुन जरुरी रहेको बताउनुभयो । डिसिले हिल्टन होटल जल्दा देशसँगै पर्यटन क्षेत्रलाई ठूलो घाटा भएपनि लगानीकर्तालाई भने घाटा नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो– ‘हिल्टन होटल कसरी जल्यो रु अरु ककसको जल्यो जल्यो होला, हिल्टन कसरी जल्योे भन्दा पत्रकारिताकै कारणले गर्दा मात्रै जल्यो । जल्यो देशलाई घाटा भयो । पर्यटन उद्योगलाई घाटा भयो । तर लगानीकर्तालाई घाटा भएन ।

इन्सोरेन्सबाट उसले ७ अर्ब लिइसक्यो । उसलाई त्यहाँ डेढ अर्ब फाइदै भयो । पत्रकारिताको इगोले एउटा कुरा जित्न खोज्दा बिग्रेको हो नी त ।’ इगो राखेर पत्रकारितामा गर्दा देश समाजलाई ठूलो नोक्शानी पु¥याउने उहाँको भनाइ छ ।