Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


झुण्डिएको अवस्थामा हुम्लामा एक पुरुष मृत फेला


39
Shares

हुम्ला ।

हुम्लाको चंखेली गाउँपालिका–६ पुम गाउँका करिब ३५ वर्षीय रामे बुढा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

बिहीबार साँझ घरको माथिल्लो तलामा रहेको काठको बल्लीमा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा बुढा फेला परेका हुन्।

बिहान मदिरा सेवन गरिरहेका बुढालाई उनका बुबा चौखुले बुढाले देखेका थिए भने अपराह्न करिब ५ बजे मृत अवस्थामा फेला परेको वडा अध्यक्ष जयबहादुर सिराले जानकारी दिनुभयो।

घटना थाहा पाएपछि प्रहरी चौकीमा खबर गरिएको र प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख शंकर पोखरेलले जानकारी दिनुभयो।

पोखरेलका अनुसार टोली रातिनै घटनास्थलमा पुगेको र मुचुल्का उठाउने तथा पोष्टमर्टमको प्रक्रिया भइरहेको छ। मृतकका दुई छोरा र एक छोरी काठमाडौंमा अध्ययनरत छन् भने घरमा श्रीमान्–श्रीमती मात्रै बस्दै आएका थिए।