Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


नारायणगढ-मुग्लिन सडकखण्डमा सुक्खा पहिरो,सवारी आवागमन एकतर्फी सञ्चालन


351
Shares

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको जलविरे नजिकै सुक्खा पहिरो खस्दा बिहीबार साँझ सवारी आवागमन एकतर्फी रुपमा मात्रै संचालन भएकाे छ।

पहिरो पन्छाएर दुईतर्फी सवारी आवागमन सुचारु हुन करिब २ घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन भरतपुरले जनाएको हाे । डिभिजनले साेही क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न समेत आग्रह गरेका छ।

नारायणगढ-मुग्लिन सडकखण्डमा वर्षा र हिउँदा दुवै समयमा पहिराेका कारण यात्रा गर्नका लागि सधैं नै जाेखिम हुने गरेकाे छ।