Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


कार्की सरकार गठनका पछाडि गम्भीर षड्यन्त्र लुकेको छ: महासचिव चन्द

कार्की सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्नेमा जाेड

403
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गर्नुभएको छ।

काठमाडौंको भृकुटीमण्डपमा बिहीबार पार्टीले आयोजना गरेकाे जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो टिप्पणी गर्नुभएको हो । कार्की नेतृत्वको अन्तरिम सरकार रहस्यमय तरिकाले गठन गरिएको भन्दै उहाँले सरकार गठनका पछाडि षड्यन्त्र लुकेको पनि टिप्पणी गर्नुभएकाे छ। उहाँले जेनजी विद्रोहले नेपालमा संसदीय व्यवस्था पूर्णतः असफल भएको पुष्टि गरेको पनि जिकिर गर्नुभयो ।

महासचिव चन्दले संसद विघटन भइसकेपछि कुशासन र भ्रष्टाचारमार्फत देश लुट्ने समूहहरु सक्रिय रहेको उल्लेख गर्दै जनताले प्रतिवाद गर्न तयार हुनुपर्ने बताउनुभयो । संविधान संशोधन र पुनर्लेखनको आवश्यकता रहेको उल्लेख गर्दै राज्यको पुनःरचना जनताको हितअनुसार हुनुपर्नेमा उहाँकाे जोड छ। प्रशासनिक सुधार, विश्वविद्यालय स्तरबाट दक्ष प्रशासनिक जनशक्ति तयार पार्नुपर्ने र नेताहरूको सम्पत्ति आर्जनको स्रोत छानविन गर्नुपर्ने पनि उहाँले माग गर्नुभयाे।

महासचिव चन्दले जेनजी आन्दोलनका मागहरुप्रति राजनीतिक दलहरूले गम्भीर नभए देश फेरि अस्थिरतामा फस्न सक्ने चेतावनी समेत दिनुभयो।