Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाकाे औषधि खुवाउने क्रम जारी


260
Shares

काठमाडाैं । ‘भिटामिन ‘ए’ खुवाऔं, बाल मृत्युदर घटाऔं’ भन्ने मूल नाराका साथ २ दिनसम्म भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने क्रम जारी रहने भएकाे छ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बिहीबार र शुक्रबार देशैभरी भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानलाई सञ्चालन गरेको हो । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई सोहि क्याप्सुल खुवाउने गरेको ललितपुर महानगरपालिका-१५ कि नगर स्वास्थ्य केन्द्र प्रमुख संगीता मिश्रले बताउनुभयो ।

उहाँले सोही कार्यक्रममा सहभागी हुन पनि सबैलाई अनुरोध गर्नुभयो। प्रमुख मिश्रले भन्नुभयो,-‘जुन तोकिएको दिन छ । आफ बच्चाहरुलाई भिटामिन खुवाउन नछुटाउनु होला । भिटामिन सँगसँगै हामीले जुकाको औषधि पनि दिइरहेका हुन्छौं। भिटामिन अरु बेलामा पाईदैन । त्यसैले नछुटाई खुवाउनु होला भनेर सबैलाई अनुरोध गर्दछौं ।’

नेपालमा यो कार्यक्रम हरेक वर्षमा २ पटक सञ्चालनमा आउने गरेका छन्। यहि कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गतेमा गरेर सो कार्यक्रम सञ्चालन गरिने पनि नगर स्वास्थ्य केन्द्र प्रमुख मिश्रले बताउनुभयो । यस वर्ष भने तिहार परेकाले कात्तिक २ र ३ गते सो कार्यक्रम २० र २१ गतेका लागि गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

सरकारले सबै स्थानीय तहमा ५ वर्ष मुनिका २८ लाख बालबालिकालाई भिटामिन ए खुवाउने र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेको छ। यस अभियानमा ५२ हजार महिला स्वास्थ्य स्वयं सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।