Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


भिजिट भिसामा विदेश जान नक्कली कागज नबाेक्नुस् ! (भिडियाे रिपाेर्ट)

सुरक्षा संवेदनशीलतामा विमानस्थल अध्यागमन

468
Shares

काठमाडाैं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय हवाई नाका भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सुरक्षाका हिसाबले निकै संवेदनशिल मानिन्छ।

तर यस अघिका सरकारहरुले विमानस्थललाई अध्यागमन सीमा सुरक्षाको दृष्टिकोणबाट भन्दा नेपाली नागरिकतलाई बाहिर जान अनेक सर्तक राखेर कडाइ मात्रै गरेका थिए । साेही कडाइले नेपालीहरु विदेश पुगेर अलपत्र हुनबाट रोकिएन । बरु त्यहीं नीति विचौलियाका लागि कमाउने माध्यम बन्यो । अध्यागमन विभागले भिजिट भिसामा विदेश जाने मापदण्ड खुकुलो बनाए पनि अहिले पनि नक्कली कागजातमा बाहिरिने क्रम भने रोकिएको छैन ।

गत आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १७ हजार १ सय ५५ जनाले आतजावत गरेका थिए । जसमध्ये ३४ सय २० जना नेपाली स्वदेश आउँदा ५ हजार २ सय बाहिरएका थिए । नेपालबाट बाहिरन लागेका मध्य ६ जना नेपालीलाई मात्रै विमानस्थ्लबाट फर्काइएको थियो। कागजात र केही यात्रा कठाइनाइ भएकाहरु मात्रै विमानस्थ्ल अध्यागमनबाट फिर्ता भएका थिए । त्यस्तै, गत सोमबार ६ हजार ६९ जना नेपाली बाहिरन खोज्दा ९ जना फिर्ता भए । यो संख्या विगतको तुलनामा निकै कम हो ।

अध्यागमन विभागले भिजिट भिसामा जानेहरुलाई सहज बनाए पछि नक्कली कागजात बोकेर जानेहरु फिर्ता हुन कम भएको हो, तर रोकिएको भने छैन । विचौलियाको प्रभावमा परेर अहिले पनि नक्कली कागजात बोेकेर विदेश जानेहरु भेटिने गरेका हुन । जब कि यस अघि भिजिट भिसाका नाममा सरकारले तोकेको मापदण्ड अनुसार दुईतर्फी हवाइ टिकट, ५ सय अमेरिकी डलर र बस्ने होटल बुकिङ सम्मका कागजात देखाउन नसक्नेहरु फिर्ता हुने गरेका थिए । अन्तर्राष्ट्रिय सीमा नाका भए पनि नेपालको अध्यागमन भिजिट भिसाकै कारण वदनाम हुँदै आएको थियो ।

तर अहिले अध्यागमन विभाग तथा गृह मन्त्रालयले भिजिट भिसामा जाने भन्दै विचौलियाले नक्कली कागजात बनाएर महँगो पैसा असुल गर्ने बहाना बन्द भएको छ। अहिले भिजिट भिसामा जान सम्बन्धित देशको भिसा , एकतर्फि टिकट र राहदानी भए पुग्छ । अन्य कुनै पनि कागजात आवश्यक पर्दैन । अध्यागमन विभागले कडा सर्त राखेर त्यहीं सर्तको नाममा नक्कली कागजात बनाउने विचौलिया देखि विदेश पठाउने नाममा ठूलो रकम असुल गर्नेहरु सबैको धन्दा बन्द हुने नीति लिएको दावी गरेको छ । अध्यागमनको दुरुपयोग हुन सक्ने सुरक्षा जोखिम छोडेर नेपालीलाई रोकेर मात्रै नबस्ने महानिर्देशक रामचन्द्र तिवारीले प्रष्ट पार्नु भएको छ।

त्यसो त यस अघि नक्कली कागजात बनाएर विदेश जान खोज्ने २ सय जनाको राहदानी अहिले पनि अनुसन्धानकै दायरामा छ । विचौलियाले एउटा देश भनेर अन्यत्र पठाउन एयरलायन्स कम्पनिदेखि अध्यागमनका कर्मचारीसम्मलाई प्रलोभवनमा पार्ने गरेका थिए । अहिले विभागले प्रहरीलाई अनुसन्धानका लागि संकास्पद देखिएका राहदानी पठाइसकेको छ । त्यसले केही तथ्य खोज्न सके मानव तस्करीमा संलग्न संजाल नै भत्किंनसक्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धान पनि सकिएको छैन । त्रिभुवन विमानस्थलबाट नक्कली कागजात बोकेर यात्रा नगर्न अध्यागमन कार्यालयका प्रमुख नरहरी घिमिरे आग्रह गर्नुभयाे ।

गत भदौ २३ र २४ को आन्दोलन पछिको परिस्थितमा अन्तर्राष्ट्रिय सीमा नाकाहरुको सुरक्षा जोखिम बढिरहेको छ। कारगारबाट फरार कैदी र आपराधिक व्यक्तिहरु विदेश भाग्न सक्ने जोखिम छ भने नेपाल प्रवेश गर्ने विदेशीहरुको निगरानी पनि उतिकै आवश्यक छ। त्यसैले भिजिट भिसामा मात्रै होइन समग्र अध्यागमनको सुरक्षा प्रणाली सुधार गर्न ढिला भइसकेको छ।

भिडियाे रिपाेर्ट:



Skip This