Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


एकीकृत समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल

जेनजी विद्रोहले आत्मसमीक्षा गर्दै अगाडि बढ्ने अवसर सिर्जना गरेकाे तर्क

104
Shares

काठमाडाैं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एकीकृत समाजवादी लगायतका कम्युनिष्ट घटकहरुसँगको पार्टीे एकता ऐतिहासिक र असाधारण रहेको बताउनुभएको छ।

काठमाडौंमा बुधबार आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । यो एकतालाई आत्मसमिक्षा र सुधारको अवसरको रूपमा लिन उहाँले सबैमा आग्रह समेत गर्नुभयो । उहाँले विगतमा भएका कमी कमजोरीहरुको आत्मसमिक्षा गर्दै नेपाली समाजमा आधारित वैज्ञानिक समाजवाद निर्माणतर्फ अघि बढ्ने पनि बताउनुभएकाे छ।

संयाेजक दाहालले विगतमा भएका कम्युनिष्ट एकतालाई स्मरण पनि गर्नुभयो । उहाँले मुलुकलाई सबै प्रकारका संकटबाट मुक्त गर्ने सवालमा कम्युनिष्ट पार्टीको अग्रणी भूमिका रहेको उल्लेख गर्दै उहाँले त्यसको शुरुवात आजदेखि शुरु भएको जिकिर गर्नुभएकाे छ।

संयाेजक दाहालले जेनजी विद्रोहले आफूहरुलाई आत्मसमीक्षा गर्दै अगाडि बढ्ने अवसर सिर्जना गरिदिएकोमा धन्यावाद समेत दिनुभयो।