Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


रवि लामिछाने सिंहदरबारमा…


130
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बयानका लागि सिंहदरबारमा ल्याइएको छ।

जेनजी युवाकाे आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा उच्चस्तरीय जाँचबुझ आयोगसमक्ष बयानका लागि लामिछानेलाई बुधबार सिंहदरबारमा ल्याइएको हो। आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गर्ने भएकाे छ । यसअघि आयोग प्रतिनिधिहरुले कारागारमा पनि पुगेर वस्तुस्थितिको अवलोकन गर्नुका साथै लामिछानेसँग अनौपचारिक कुराकानी गरेका थिए ।

आयोगले कारागारका जेलरलाई पनि बोलाएर बयान लिइसकेको छ।