Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


नेपाली कम्युनिष्ट पार्टीको एकता सम्मेलनमा सम्मानित नेता खनाल पनि सहभागी


1.1k
Shares

काठमाडाैं । पुष्पकमल दाहाल नेतृत्वको नवगठित नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी हुनुभएको छ।

नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएका खनाल पनि सोही कार्यक्रममा सहभागी हुनुभएको हो। यसअघि बुधबार बिहानै उहाँले नेकपा माओवादी केन्द्रका संयाेजक दाहालसँग भेट गर्नुभएको थियो। खनालले समाजवादी कार्यक्रममा जानुपर्ने लगायतका ४ शर्त पूरा गरे नेकपा एमालेमा फर्कने धारणा राख्दै आउनुभएको छ।

सम्मेलनमा दाहाल, माधवकुमार नेपालसहितको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा लगायतका १० वटा कम्युनिष्ट पार्टीका नेताहरु सहभागी भएका छन् ।