काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ।
प्रतिलिपि नागरिकता लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरु टुट्नु-फुट्नु राम्रो नभएको बताउनुभयो। पार्टीभित्रका मतभेदहरु भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने उहाँकाे भनाइ छ। राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहरु एक हुनुपर्ने उहाँले बताउनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताउनुभयो । सुरक्षाकर्मीहरुका हातहतियारहरु लुटिएको बताउदै उहाँले गल्ति गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जाेड दिनुभयाे।
सरकारले राजनीतिक दलहरुलाई पनि बोलाएर संवाद गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीले बताउनुभएकाे छ।




                
प्रतिक्रिया दिनुहोस्