Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक प्रज्ञा भवनमा जारी


156
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ।

नेकपा एकीकृत समाजवादी लगायतका राजनीतिक दलसँगको एकता अनुमोदनका लागि बैठक बोलाइएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शुरु भएको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्नुहुने भएकाे छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका ८ दलले आइतबार एकताका लागि सहमती पत्रमा हस्ताक्षर गरेका थिए । दाहाल नेतृत्वको माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्र राय नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी, चिरण पुन नेतृत्वको नेकपा, कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी समाजवादी र प्रेमबहादुर सिंह नेतृत्वको नेकपा साम्यवादीले सोही सहमती पत्रमा हस्ताक्षर गरेका हुन्।

कात्तिक १९ गते एकता राष्ट्रिय सम्मेलन गरेर पार्टी एकताको घोषणा, त्यसको विधान र केन्द्रीय कार्य समिति गठन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ