Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


प्राधिकरणलाई चार उद्योगले बुझाए महसुलकाे पहिलो किस्ता


2.8k
Shares

काठमाडौं ।

रुपन्देहीमा सञ्चालित चार उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता तिरेका छन्।

भैरहवा क्षेत्रका पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले बक्यौताको पहिलो किस्ता बुझाएका हुन्।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार उद्योगहरूले पहिलो किस्ता बुझाएपछि विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको छ। ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता तिरेका हुन्।

प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको एक करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ। उक्त रकमलाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता बुझाइएको हो।