Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


एमाले निर्वाचनबाट भाग्ने पार्टी हाेइन: महासचिव पोखरेल

जेनजी युवाको आन्दोलन आकस्मिक र अस्वभाविक भूकम्प जस्तै भएको टिप्पणी

91
Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताउनुभएको छ।

प्रेस चैतारी नेपालमा साेमबार आयोजित कार्यक्रममा बाेल्दै उहाँले एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने दावी गर्नुभएको हो । एमाले जनताको पहिलो पार्टी रहेको बताउँदै महासचिव पोखरेलले जनमतबाट अलग हुने विषयको कल्पना गर्न नसकिने बताउनुभयो ।

उहाँले वर्तमान सरकार आफैं संवैधानिक परीक्षणबाट गुज्रिनुपर्ने अवस्था भएकाले निर्वाचनको कुरा बच्पना हुने टिप्पणी गर्नुभयो । महासचिव पोखरेलले निर्वाचनमा जान शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको बताउँदै आम नागरिक र राजनैतिक दल निर्वाचनमा सामेल हुनसक्ने वातावरण नभएको बताउनुभएकाे छ ।

जेनजी युवा पुस्ताको आन्दोलन आकस्मिक र अस्वभाविक भूकम्प जस्तै भएको महासचिव पोखरेलको टिप्पणी थियाे ।