Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


एमालेका विरूद्धमा ४ शक्ति सक्रिय रहेकाे महासचिव पोखरेलकाे दावी


1.6k
Shares

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले विरुद्ध नेपालमा ४ वटा शक्ति सक्रिय रहेको बताउनुभएको छ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाह्य शक्ति, राजसंस्थावादी शक्ति, नेकपा माओवादी केन्द्र, स्वतन्त्रका नाममा अराजकता फैलाउनेहरु एमाले र एमालेको नेतृत्वको विरुद्धमा लागेको आरोप लगाउनुभयो । उहाँले एमालेले राजसंस्था पुनःस्थापनमा जुटेकाहरुलाई एमाले नेतृत्वको सरकारले असफल बनाएकोले उनीहरु एमालेविरुद्ध लागेको बताउनुभयो ।

त्यस्तै, माओवादी केन्द्रलाई लक्षित गर्दै सरकारच्यूत हुनुपरेकाहरु र अराजकताको विरुद्धमा प्रतिवाद गरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रताको नाममा अराजकता फैलाउनेहरु नियोजित रुपमा एमाले विरुद्ध लागेको उहाँको भनाइ छ । यी नै चार शक्तिका कारण नेपालमा जेनजी आन्दोलनका नाममा अराजक गतिविधि भएको महासचिव पोखरेलको दावी थियाे ।

उहाँले गत भदौ २३ गतेको घटनामा प्रहरीले गरेको गतिविधिको पनि आलोचना गर्नुभएकाे छ।नेपालमा धेरै राजनीतिक आन्दोलन भएको उल्लेख गर्दै महासचिव पोखरेलले जेनजी आन्दोलनमा क्रममा प्रहरीले भीड नियन्त्रणको लागि अपनाएको विधि शंकास्पद भएको समेत