एजेन्सी । भारतको तेलङ्गना राज्यमा कलेजका विद्यार्थी सवार बस डम्परसाग ठोक्किंदा २० जनाको मृत्यु भएको छ।
तेलङ्गनाको रंगारेड्डीकोे चेभेला प्रहरी चौकीको खानपुर गेट नजिकै भएको दुर्घटनामा २ दर्जन बढी घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएकाे छ । गिट्टी बोकेर गइरहेको डम्परले बसलाई विद्यार्थी सबार बसलाई ठक्कर दिएको प्रहरीले बताएको हाे ।
ठक्करबाट डम्परमा भएको गिट्टी बसमा रहेका यात्रुमाथि खस्दा पुरिएर यति ठूलो मानवीय क्षति भएको छ । तन्दुरबाट हैदराबाद गइरहेको बसमा ७० जना भन्दा बढी यात्रु सवार रहेका थिए । जस मध्ये अधिकांश कलेजका विद्यार्थी भएको प्रहरीले बताएकाे हाे।





प्रतिक्रिया दिनुहोस्