Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


‘वाम एकताको इन्जिनबाट फेरि शक्ति केन्द्रमा प्रचण्ड’


3.2k
Shares

काठमाडाैं । नेपालको राजनीतिको केन्द्रबिन्दुमा सधैँ तीखो बहसको विषय बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर वामपन्थीय एकीकरणको अभियानमा केन्द्रित छन् ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजकको हैसियतमा उनी शक्ति सन्तुलनको प्रमुख खेलाडी बनेका छन् । २०२४ जुलाईमा तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर बाहिरिएका प्रचण्डले त्यसयता पार्टीभित्र र बाहिर एकताको सन्देश दिँदै आएका छन् ।

हालैका घटनाक्रमहरूले उनलाई फेरि शक्ति केन्द्रको प्रमुख पात्र बनाएको छ । जसमा युवा आन्दोलनको प्रभाव, भ्रष्टाचारविरुद्धको संघर्ष र कम्युनिस्ट दलहरूबीचको एकीकरण प्रक्रिया प्रमुख छन् । 

युवा आन्दोलन र प्रचण्डको प्रतिक्रिया
२०२५ को सेप्टेम्बरमा नेपालमा भएको ‘जन जेड’ (जेन जी) आन्दोलनले राजनीतिक उथलपुथल निम्त्यायो । बेरोजगारी, भ्रष्टाचार र विकास मोडेलको असफलताकाविरुद्ध युवाहरू सडकमा उत्रिए । जसले तत्कालीन सरकारलाई नै विस्थापन ग¥यो । यस आन्दोलनमा प्रचण्डले युवाहरूलाई समर्थन गर्दै भ्रष्टाचारविरुद्धको संघर्षलाई राजनीतिक जागरणको संकेत ठाने ।

पेरिसडाँडामा शहीद परिवार संघ नेपालको सभामा बोल्दै उनले भनेका थिए ‘युवा आन्दोलनले नयाँ राजनीतिक जागरणको संकेत गरेको छ । यो संकटलाई सामना गर्न वामपन्थीय एकताबाट मात्र सम्भव छ ।’ उनले शान्ति प्रक्रियाको अपूर्णतालाई पनि स्वीकार गर्दै यसलाई पूरा गर्ने प्रतिवद्धता दोहो¥याए । यो घटनाले प्रचण्डलाई विपक्षी भुमिकामा बलियो बनायो । जसले उनलाई शक्ति सन्तुलनको केन्द्रमा लग्यो । 

वाम एकीकरणको ऐतिहासिक कदमः १८ बुँदे सम्झौता
हालैको सबैभन्दा चर्चित गतिविधि भनेको आठ कम्युनिस्ट दलहरूबीच भएको १८ बुँदे सम्झौता हो । काठमाडौंमा आईतवार साँझ भएको यो सम्झौतामा प्रचण्डको माओवादी केन्द्रसहित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी)  जनसमाजवादी पार्टी, नेपाल,  नेकपा (साम्यवादी) र नेकपा (माओावदी समाजवादी) र नेकपा सहभागी छन् । यसमा विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीबाट चिरनको समूह पनि सामेल भएको छ । 

सम्झौताको मुख्य उद्देश्य माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाएर एकीकृत पार्टी गठन गर्नु हो । यसले जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै समाजवादतर्फ शान्तिपूर्ण आन्दोलनमार्फत अघि बढ्ने लक्ष्य राखेको छ । प्रचण्डले यो सम्झौतामा हस्ताक्षर गर्दै माओवादको ‘प्रचण्डपथ’ लाई औपचारिक रूपमा त्यागेर नेपाल कम्युनिस्ट पार्टी युगको माक्र्सवाद–लेनिनवादतर्फ फर्कने निर्णय गरेका छन् । यसलाई उनको वैचारिक पुनर्संरचनाको रूपमा हेरिएको छ । जसले सशस्त्र संघर्षबाट शान्तिपूर्ण लोकतान्त्रिक प्रक्रियातर्फको संक्रमणलाई जोड दिन्छ । 

प्रचण्डको भुमिका यस प्रक्रियामा मुख्य छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको समन्वयमा उनी समन्वयकर्ताको जिम्मेवारीमा छन् । राष्ट्रिय एकता सम्मेलन कार्तिक १९ मा हुनेगरी तयारी भइरहेको छ । जसमा घोषणापत्र, अन्तरिम विधान र केन्द्रिय समिति गठन हुनेछ । पार्टीको चुनाव चिन्ह ‘पञ्चकुण्डलिय तारा’ तोकिएको छ । तर नाम अझै टुंगो लाग्न बाँकी छ । छ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन गर्ने योजना छ । 

आन्तरिक असहमति र चुनौतीहरू
एकता प्रक्रियामा प्रचण्डको नेतृत्वमाथि आन्तरिक असहमतिहरू पनि देखिएका छन् । पार्टी सचिवालय सदस्य जनार्दन शर्माले आईतवारको बैठक बहिष्कार गर्दै प्रचण्डको समन्वयमा एकता अघि बढाउन असहमति जनाउनुभएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यसलाई ‘अनुशासनहीनता’ भन्दै कारबाहीको संकेत गर्नुभएको छ । यद्यपि प्रचण्डले पार्टी एकताको दाबी गर्दै शनिवार भन्नुभएको थियो, ‘पार्टी एकजुट छ, आन्तरिक मतभेदले एकतालाई असर गर्दैन ।’
प्रचण्डले काउन्टर–क्रान्तिको चेतावनी दिँदै वाम, देशभक्त र क्रान्तिकारी शक्तिहरूको एकताको आह्वान गर्नुभएको छ । उहाँले राष्ट्रिय संकटलाई साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको द्वन्द्वका रुपमा लिनुभएको छ । यो एकीकरणले आगामी निर्वाचनमा वामपन्थीय शक्तिलाई मजबुत बनाउने अपेक्षा गरिएको छ । 

फेरि शक्ति केन्द्रमा प्रचण्ड 
२०८२ को भदौदेखि नै नेपालमा राजनीतिक अस्थिरता चर्किएको छ । जसमा प्रचण्डको भुमिका निर्णायक छ । जेन जेड क्रान्तिपछि प्रचण्डले विशेष महाधिवेशनको प्रश्ताव गरेर पार्टी पुनर्संरचना गर्न खोज्नुभएको थियो । कार्तिक १९ मा एकीकरणले उनलाई वाम शक्तिको नायक बनाउन सक्छ । तर आन्तरिक र वाह्य चुनौतीहरू कायम छन् । प्रचण्डको यो यात्राले नेपालको राजनीतिलाई नयाँ दिशा दिनसक्ने सम्भावना छ । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सामाजिक न्यायको सुनिश्चितता गर्ने विश्वास गरिएको छ । प्रचण्डको हालका गतिविधिहरूले देखाउँछन् – उनी शक्ति केन्द्रमा मात्र होइनन्, परिवर्तनको इञ्जिन पनि बनेका छन् । वाम एकीकरणको यो प्रयास सफल भए नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन आउन सक्छ ।-