Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


सिन्धुली घ्याङलेक गाउँपालिकाका अध्यक्षद्वारा सरकारी गाडी फिर्ता


234
Shares

यसोदा राउत
सिन्धुली । सरकारी सवारी साधन वना पनि जनसेवामा क्रियाशिल हुन सकिन्छ भन्ने शन्देश दिदै सिन्धुलीका एक गाउँपालिकाका बहालवाला अध्यक्षद्वारा आफुले प्रयोग गर्दै आएको सवारी साधन कार्यालयलाई नै फिर्ता गराएका छन् ।

सिन्धुलीको घ्याङ्लेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी व्यक्तिगत प्रयोजन त्यागी कार्यलय प्रयोजन तथा आपतकालीन सेवामा प्रयोग गर्ने गरी गाउँपालिकामा बुझाएका छन्।

सिन्धुली जिल्लाका २ नगरपालिका र ७ गाउँपालिका मध्धे आर्थिक ,सामाजिक र शैक्षिक रुपमा पिछडिएको पालिका मानिने सो गाउँपालिकाका जनताको प्रसुती सेवामा सहयोग पुर्याउन र सरकारी श्रोत साधनलाई संरक्षण पुर्याउन आफुले प्रयोग गर्दै आएको वा २ झ ३६८० नम्बरको स्कार पिओ पिकअप गाउँपालिका कार्यालयमा फिर्ता गरेको जनाएका छन् ।