काठमाडाैं । जेनजी युवाकाे आन्दोलनपछि नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको चर्चामा प्रवेश गरेका प्रमुख राजनीतिक दलहरुले आन्तरिक विवादको चपेटामा फसेका छन् ।
सबै जसो दलमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमै विवाद बढेकाे हाे । नेपाली कांग्रेस महाधिवेशनको विवादमा फस्दा नेकपा एमाले भने दुई तिहाईको सरकार चलाउन नसकेर विद्रोह निन्त्याउने भूमिकामा रहेका केपी ओलीलाई नै शक्ति केन्द्रीकरण गर्ने लाइनमा उभिएको छ। उता माओवादी केन्द्रदेखि नेकपा एकीकृत समाजवादीसम्म विभाजनको मुखमा पुगेका छन् ।
बदलिदो परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बोलाइएको केन्द्रीय समिति वैठकबाट गत असोज २८ गते नै कार्यवाहक सभापति तोकेर शेरबहादुर देउवा उपचारका लागि भन्दै विदेश जानुभएकाे छ। त्यसपछि शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन । पछिल्ला दिनमा त महाधिवेशनको कार्यतालिलाई लिएर बैठक नै बस्न नसक्ने अवस्था दोहोरिएको छ ।
१५औं महाधिवेशनमा आ-आफने पक्षको माहोल कहिले बनाउन सकिन्छ भन्ने दाउपेचमा कांग्रेसभित्रका समूहहरु लाग्दा विवाद झ्न जटिल बनेको छ । यसरी अहिले राष्ट्रिय आवश्यकता अनुसार अगाडि नबढ्ने र पार्टी पुर्नगठनको विषयलाई तत्काल सुल्झाउन नसक्ने हो भने पार्टीको एकीकृत अवस्थामा नै संकट उत्पन्न हुनसक्ने राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले बताउनुभयाे ।
उता, एमालेले पार्टीका गतिविधि बढाउनुका साथै आगामी मंसिरमा महाधिवेशनको तयारी समेत अगाडि बढाइसकेको छ । त्यसले उसले आफ्नो काम अगाडि त बढाएको छ। तर अध्यक्ष ओलीको कार्यशैलिप्रति भने ठूलो पंक्तिको असन्तुष्टि देखिन्छ । त्यस्तै माओवादी केन्द्रले विचार मिल्नेसँग एकीकरण भन्दै प्रक्रिया अगाडि बढाएको छ। एकीकृत समाजवादीसहित अन्य केही समूहसँग उसले एकीकरणको तयारी गरेको छ।
तर प्रभावशाली नेता जर्नादन शर्मा लागयतले त्यो प्रक्रियामा सामेल नहुने संकेत गरेसँगै माओवादी विभाजउन्मुख देखिएको छ । पार्टीभित्र राखेको शर्माको मतलाई अराजक भन्दै विभाजन नै भएपनि अगाडि बढ्ने तर्फ अगाडि बढेको माओवादीका नेता अग्नि प्रसाद सापकोटाले बताउनुभयाे।
एकीकृत समाजवादी माओवादीसँगको एकीकरणको निर्णय पछि विभाजनको संघारमा पुगेकाे हाे। असन्तुष्ट पक्षले छलफल नै अगाडि बढाइसकेको स्थिति छ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा विभाजन नै भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको विषयले विवाद छ । त्यहीं कारण सुमना श्रेष्ठ लगायतका केही पार्टीबाट बाहिरिएका छन् ।
आन्दोलनपछि आएको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेमै अमलएिका दलहरु आन्तरिक विवादको चपेटामा फस्दै गएको देखिन्छ । वर्षौदेखि नेतृत्वमा अड्डा जमाउनेहरुले पुर्नविचार गर्ने र पार्टी रुपान्तरणतर्फ ध्यान नदिने हो भने दलहरुले अहिलेको संकटबाट बाहिर आउन नसक्ने राजनीतिक विश्लेषक वाग्लेकाे तर्क छ।
पछिल्लो आन्दोलनका क्रममा उठेका मूल विषयमा सुशासन र भष्ट्राचार नियन्त्रणसँग सम्बन्धित छन् । लामो समयदेखि यीनै दलहरु आलोपालो सरकारको नेतृत्वमा छन् । आफूहरुले गरेको काममाथि प्रश्न उठेर नै यति ठूलो परिपर्तन हुने स्थिति आएको स्वीकार गर्न हिचकिचाउदा पनि दलहरुले आन्तरिक राजनीतिक विवादमा बढी अलमलिएका छन् । यथार्थलाई बुझेर निर्णयमा पुग्न सकेनन् भने दलहरु थप विग्रहमा जाने निश्चित छ।




प्रतिक्रिया दिनुहोस्