काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ८ वटा दलबीच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको कार्यदलको बैठकमा साेही पार्टीहरूबीच १८ बुँदे सहमति भएको हो। माओवादीले माओवादलाई त्याग्दै माक्सवाद-लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाउन तयार भएको छ।
८ दलबीच नयाँ पार्टीको नाममा सहमति भइसकेको छैन। चुनावचिन्ह भने पाँचकुने तारा रहने जनाइएकाे छ । यहि कार्तिक गते पार्टी एकताकाे घाेषणा गर्ने जनाइएकाे छ।





प्रतिक्रिया दिनुहोस्