काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताकाे बारेमा छलफल भएको छ।
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा आइतबार शुरु भएको छलफलमा संयोजक दाहाल र अध्यक्ष नेपालसँगै दुवै दलका तर्फबाट गठित पार्टी एकता कार्यदलका सदस्यहरू पनि सहभागी भएका हुन् । माओवादी केन्द्र र एकीकृत समाजवादी यहि कात्तिक २० गते पार्टी एकताको मिति तय गर्दैछन् ।
एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भइसकेको छ । छलफलबाट पार्टीको सांगठानिक संरचना कस्तो हुने भन्ने टुंगो लाग्ने मओवादीका नेताहरुले बताएका हुन् ।




प्रतिक्रिया दिनुहोस्