काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ३० दशमलव ७५ अंकले बढेकाे छ।
साेही अंकले बढेर २ हजार ६ सय ३१ दशमलव १४ को बिन्दुमा कायम भएको हाे । यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो । ३ सय १९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार १ सय ३९ कित्ता शेयर ६८ हजार १ सय १२ पटक खरिद बिक्री हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४ सय २९ दशमलव ५१ को कारोबार भएको छ । व्यापार समूह एक दशमलव १० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
सबै भन्दा बढी वित्त समूह पाँच दशमलव १७ र जीवन बिमा समूह चार दशमलव ३५ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव २९, विकास बैंक शून्य दशमलव ९०, होटल तथा पर्यटन एक दशमलव २०, जलविद्युत् एक दशमलव १८, लगानी शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९६, लघुवित्त एक दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा एक दशमलव ३३ र अन्य समूह एक दशमलव २३ प्रतिशतले बढेको हाे ।
कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस फाइनान्स लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड, पिपुल्स पावर लिमिटेड र तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ४ दशमलव ७६ प्रतिशतले घटेको हाे ।
कारोबार रमक र कारोबार भएका शेयर संख्याका आधारमा सबै भन्दा बढी हिमालयन बैंक लिमिटेड प्रमोटरको शेयर १ अर्ब ६६ करोड ५० लाख ५९ हजार ७६ बराबरको १ करोड ४० लाख ६ हजार २ सय १७ कित्ता किनबेच भएको नेप्सेले जनाएकाे छ ।




प्रतिक्रिया दिनुहोस्