Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


लिम्बू समुदायको समाधिस्थल संकटमा (भिडियाे रिपोर्ट)


0
Shares

प्रकाश लिम्बुक

नेपालमा बसोबास गर्दै आएका जातजातिको आ–आफ्नै भाषा, कला, संस्कार र संस्कृति रहँदै आएको छ । त्यस्तै, पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको पनि छुट्टै संस्कार र परम्परा छ ।

यो समुदायमा पछिल्लो समय सामुहिक अन्त्येष्टि गर्ने परम्परा भने हट्दै जादा लिम्बू समुदायको समाधिस्थल संकटमा परेको छ । लिम्बू समुदायले आफूलाई आदिमकालदेखि नै नेपालको पूर्वी भूभागमा बसोबास गर्दै आएको समुदायको रूपमा लिने गरेको छ ।

जन्मदेखि मृत्युसम्म आफ्नै संस्कार–संस्कृति रहेको यस समुदायमा मृत्युपश्चात पनि विशेष परम्परा छ । यो समुदायले मृत्युपश्चात निश्चित समाधिस्थलमा दाहसंस्कार गर्ने परम्परा छ । भूमिसुधार लागू हुनु पूर्व किपट प्रथामा रहेका लिम्बूहरूले आफ्ना आफन्तको मृत्युपछि समाधिस्थलमै चिहान बनाएर अन्त्येष्टि गर्ने गरेका थिए ।

सम्पन्न परिवारले कपुरथान अर्थात् पक्की चिहान बनाउने परम्परा रहँदै आएको थियो । तर पछिल्लो समय सामूहिक रूपमा दाहसंस्कार गर्ने परम्परा तोडेर निजी जग्गा र घर नजिक समाधिस्थ गर्ने प्रचलन बढ्दो छ ।